लाभान्वित वर्गलाई फाइनान्सबाट सामाजिक सुरक्षा भत्ता लिनै कठिनाइ 

0
Shares

रौतहट ।

 तिहारमा खर्चको जोहो हुने भन्दै सामाजिक सुरक्षा भत्ता लिन सेन्ट्रल फाइनान्स लिमिटेड चन्द्रनिगाहपुर पुगेका लाभाबन्बित वर्ग निराश भएका छन् । फाइनान्सले सामाजिक सुरक्षा भत्ता बितरणमा ढिलाइ गर्ने भएपछि चाडपर्वको समयमा उनीहरू निराश भएर घर फर्किएका छन्  ।

 चन्द्रपुर नगरपालिकाले वडानम्बर १ र १० का लाभान्वित वर्ग लाई सेन्ट्रल फाइनान्स लिमिटेडबाट सामाजिक सुरक्षा भत्ता लिने प्रबन्ध मिलाएको भएपनि तिहार प्रारम्भ हुनु अघि उनीहरुले नपाउने भएका छन् । फाइनान्सले चन्द्रपुर नगरपालिका वडानम्बर १ का लाभान्वित वर्ग लाई मिति ०८० मंसिर १० गते देखि मंसिर १२ गते सम्म वडा कार्यालयमा र मिति ०८० मंसिर १३ गते देखि ०८० मंसिर १५ गते सम्म पौराई मन्दिरमा वितरण गर्ने सूचना जारी गर्दै फाइनान्समा आएका लाभान्वित वर्ग लाई फिर्ता पटाइदिएका हुन ।

 १३ किलोमिटर टाढा रहेको बस्तीबाट उनीहरू फाइनान्समा रकम लिन आउँदा नपाएपछि निराश हुदै फर्किएका हुन । रकम लिन फाइनान्समा लामबद्ध रहेका लाभान्वित वर्गहरू घण्टौँ सम्म पालो कुरेर फकिएको दुखेसो गरेका छन् ।

 सेन्ट्रल फाइनान्स लिमिटेड चन्द्रनिगाहपुरका प्रमुख लोकनाथ पौडयालले प्रक्रिया मिलाएर वितरण गरिने बताए । चन्द्रपुर नगरपालिका वडानम्बर १ पौराईका जेष्ठ नागरिक राम बहादुर परियारले भने पाँच घण्टाको प्रतिक्षा पछि सामाजिक सुरक्षा भत्ता पाएको बताए । चन्द्रपुर नगरपालिका वडानम्बर १ का अध्यक्ष बलराम राउतले फाइनान्स बाट रकम लिदा लाभान्वित वर्ग हतार गरेर आफैमा झगडा गर्ने भएकाले वडा बाट नै वितरण गरिने भएकाले ढिलाइ हुन गएको बताए ।