भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते

0
Shares

गुल्मी ।

भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते भएका छन् । रूरूक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा बुधबार र बिहीबार कुकुरले टोकेर १७ जना घाइते भएका हुन्।

घाइते सबैलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी मिसन अस्पताल पाल्पामा थप उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताउनुभयो । कुकुरले अधिकांशको खुट्टामा टोकेरको छ । घाइतेमध्ये १३ वर्षीय किशोरदेखि ७५ वर्षीया महिलासम्म रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले भुस्याहा कुकुरदेखि सावधान रहन आग्रह गरेको छ ।

प्रहरीले स्थानीयसँगको सहजीकरणमा टोक्दै हिँड्ने भुस्याहा कुकुरलाई नियन्त्रणमा लिएको छ । केही समय अगाडि गुल्मीको सदरमुकाम तम्घासमा पनि भुस्याहा कुुकुरले टोकेर थुप्रैलाई घाइते बनाएको थियो ।

यस्तै, केही महिनाअघि गुल्मी दरबारमा कुकुरले टोकेर एक जना महिलाको मृत्यु समेत भएको थियो ।