एनएनएसडब्लुएद्वारा भूकम्प प्रभावितका लागि नगद सहयोग 

0
Shares

बझाङ। 

बझाङका भूकम्प पीडितलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालले राहत सहयोग गरेको छ । बझाङकाे गाँउपालिकामा रहेका भूकम्प पीडित ४ सय १० घरधुरीलाई प्रति घरधुरी . १५ हजारका दरले आईएमई मार्फत राहत रकम भुक्तानी गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुएका कर्मचारी प्रभुनिधी पन्तले बताएका छन्।

बझाङमा असोज १६ गते गएको भूकम्पले ठुलो धनजनको क्षती गरेको थियो ।भुकम्पले पुर्णरूपमा क्षती भएका गर्भवती, सुत्केरी, अपांग, जेष्ठ नागरिक, गरिब तथा विपन्न समुदायका घरपरिवारलाई आईएमई मार्फत उक्त राहत वितरण कार्य सुरु गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताएका छन । सुरुवाती हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरु, डिसीए नेपालका दिनेश गुरुङ, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनका प्रभुनिधी पन्त लगाएत, मष्टा गाँउपालिकाका अध्यक्ष लगायत वडाध्यक्षहरू तथा भुकम्पपिडतहरुको उपस्थिती रहेको थियो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालले बिपद्को क्षेत्रमा प्रखररुपमा कार्य गर्दै आएको छ । यस अघि उक्त गाँउपालिकामा गर्भवती महिला, स्तनपान गराई रहेका महिला, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकहरुका लागि साहयता समाग्री बलंकेट सहयोग गरेको संस्थाले जनाएको छ।
मष्टा गाउँपालिकाकाे समन्वयमा संचालन गरिएको उक्त कार्यक्रमले अहिले मष्टाबासीकाे पिडामा मलम लागेकाे छ । मष्टा गाउँपालिका एक प्रतिनिधि पालिका मात्रै हाे। बिनासकारी भुकम्पले गर्दा जिल्ला भरी २४ सय ४५ घरहरू पूर्णरूपमा क्षति र ६ हजार १ सय ४० घरहरू आंंशिक क्षति भएका छन् । खप्तडछान्ना गाउँपालिकामा मात्र ४ सय ७० घर पुर्णरूपमा क्षति भएका छन् भने १७ सय भन्दा बढि घरहरूआंशिक क्षतिभएका छन् ।