राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता

0
Shares

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ छुङछेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।

राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले हालै जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट जनधनको ठूलो क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए।

उनले विपद्पछिको पुनःउत्थान र पुनःनिर्माणका लागि प्राप्त चिनियाँ सहयोगको प्रशंसा गरेका थिए।