स्रोत नखुलेको भारतीय रुपैयाँसहित एकजना पक्राउ

0
Shares

झापा ।

मेचिनगर नगरपालिका-६ स्थित भन्सार गेटबाट स्रोत नखुलेको ३ लाख २० हजार भारतीय रुपैयाँसहित भारत ठानाचोक केबुलटोल बस्ने ६२ वर्षीय जैनुल हकलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको भारतीय ५ सय दरका नोट ५ सय थान, २ सय दरका नोटको २ सय थान र १ सय दरका नोट ३ सय थान गरी जम्मा उक्त भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।

उनलाई उक्त भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।