काठमाडौँ।
अछामको पञ्चदेवल विनायक नगरपालिका बडा नं.-८ का दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा शाहीका छिमेकी ३० वर्षिया लक्ष्मी सुनार रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुनारलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए ।
सुनारसहितले शाहीको कात्तिक १७ गते हत्या गरेको प्रहरीको आरोप छ ।
प्रतिक्रिया