मोटरसाइकल दुर्घटना हुँदा  एक जनाको मृत्यु

0
Shares

रौतहट। 

रौतहटको चन्द्रपुरमा मोटरसाइकल दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्  । पूर्वबाट पश्चिमजादै गरेको मधेश प्रदेश ०४–००१ प ४१३० नम्बरको मोटरसाइकल चन्द्रपुर–४ स्थित लच्कानजिक अनियन्त्रित भई आफै दुर्घटना हुँदा  पछाडि सबार सर्लाही जिल्ला हरिवननगरपालिका–३ निवासी चन्द्र बहादुर मोक्तानको मृत्यु भएको छ।

उनको टाउकोमा चोट लागेको छ । मोटरसाइकल चालक सर्लाही जिल्ला हरिवननगरपालिका–३ निवासी छेसङ्ग तामाङ्ग घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । तामाङ्गको टाउको, च्यापु, र दुबै घडामा चोटलागेकोले चन्द्रपुर अस्पताल प्रालिमा उपचार भइरहेको छ ।