११ किलो सुन प्रकरणमा काठमाडौंबाट थप एक महिला पक्राउ

0
Shares

काठमाडौँ।

दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा प्रहरीले थप एक जना महिलालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार काठमाडौंबाट महिमा माझीलाई पक्राउ गरेको हो।

सोमबार पक्राउ परेकी महिलालाई मंगलबार थप अनुसन्धानका लागि दोलखा पठाइएको ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार दोलखा जिल्ला प्रहरी कार्यालयले उक्त महिलालाई पक्राउ गर्न पत्राचार गरेको थियो

बैंकिङ कारोबारमा उनको संलग्नता देखिएपछि पक्राउ गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ