मंसिर १४ देखि झुलाघाट-चिवाभन्ज्याङ विशेष अभियान चलाउने एमालेलेको निर्णय

0
Shares

काठमाडौँ।

नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले मध्यपहाडी-पुष्पलाल लोकमार्गकेन्द्रित विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

यो अभियान तीन साता चल्नेछ। अभियानको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन्।

अभियान तयारीका लागि मंसिर ६ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि सचिवालय बैठकले गरेको छ।