मिसेस नेपाल वल्र्ड आज छानिने

0
Shares

रिबन इन्टरटेनमेन्टले हरेक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२३ आज बुधबार राजधानीमा हुने भएको छ।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने मिसेस नेपाल वल्र्ड २०२३ मा विशेष अतिथिका रूपमा सहभागी हुन मिसेस वल्र्ड २०२२ सरगम कौशल काठमाडौं आइपुगेकी छिन्। ‘मिसेस नेपाल वल्र्ड २०२३ मा सहभागी हुने सिलसिलामा म विश्वको सर्वोच्च शिखर सगरमाथाको देशमा पहिलोपटक नेपाल आउने अवसर पाएको छु।

मलाई नेपाल र भारतको सम्बन्ध सहोदर दिदी–बहिनीजस्तो लाग्छ। यो सौन्दर्य प्रतियोगिताले पनि हामीलाई एक–अर्कासँग जोडेको छ’ सरगमले सुनाइन्। कौशलले मिसेस नेपाल वल्र्ड २०२३ का प्रतियोगी निकै मेहनती पाएको र उनीहरूले आगामी दिनमा मिसेस वल्र्डमा सफलता हासिल गर्ने विश्वाससमेत व्यक्त गरिन्।

कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पुनम श्रेष्ठ, टेककुमारी घले, मंगली सिलवाल, पविना श्रेष्ठ, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, आइना गजुरेल, देवी थापा गुरुङ, पृथिव्या थापा, सीता सुवेदी, सुष्मिता सिंह, निशा विष्ट, जेनी खड्का, सलोनी श्रेष्ठ र सरु आरएल राणा अन्तिम प्रतिस्पर्धामा सहभागी भिड्दैछन्।

प्रतियोगिता सन्दीप भुजेलको डान्स कोरियोग्राफी तथा सम्राट शाह र गंगा महर्जनको संयोजनमा हुनेछ। प्रतियोगिताको विजेताले आगामी २०२४ को जनवरीमा अमेरिकाको लसभेगासमा हुने मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउने तथा मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२४ मा सिंगापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए।