![](https://newsofnepal.com/wp-content/uploads/2023/11/Sushils-Mother.jpg)
अभिनेता शुशील क्षत्रीलाई मातृशोक परेको छ। गत शुक्रबार उनकी ८० वर्षीया माता देव कुमारी भण्डारी क्षत्रीको पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको निर्माता तथा कलाकार नरेन्द्र केसीले नेपाल समाचारपत्रलाई जानकारी दिए।
ललितपुर बागडोलमा जेठो छोरा रवीन्द्र भण्डारीको साथमा बस्दै आएकी देवकुमारी मधुमेह र उच्च रक्तचापजस्ता रोगसँग जुध्दै आएकी थिइन् ।
अमेरिका बस्दै आएका अभिनेता क्षेत्री मंगलबार नेपाल आइपुगेसँगै मंगलबार बिहान उनको अन्तिम संस्कार गरिएको छ। देवकुमारीको शुशीलसँगै तीन छोरा र एक छोरी रहेका छन्।