भूकम्प प्रभावित सुदूर पश्चिममा अनुगमनका लागि थप स्वास्थ्यकर्मी खटिए

0
Shares

काठमाडौँ।

 यहि कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रविन्दु भई गएको भूकम्प र मिति पुन: २० गते गएको पराकम्पनबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ वटा जिल्लाहरू प्रभावित भएका छन् ।

उक्त भूकम्प र पराकम्पनवाट भएका घाइतेहरूको बडामा रहेका स्थानीय स्वास्थ्य संस्था र अस्पताल तथा जिल्लामा रहेका प्रादेशिक अस्पतालहरुबाट उपचार व्यवस्थापन भइरहेको छ भने रिफर भएका घाइतेहरू प्रादेशिक अस्पताल, सुर्खेतमा १९ जना, भेरी अस्पताल, नेपालगन्जमा ४६ जना, त्रि.वि. शिक्षण अस्पताल, काठमाडौँमा ८ जना,  राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँमा १ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी गराए ।

‘प्रभावित क्षेत्रका स्वास्थ्य संस्थाहरूबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह सुचारु रूपमा भइरहेको जानकारी प्राप्त भएको छ । यस मन्त्रालयले भूकम्पमा परेका घाइतेहरूको उपचार व्यवस्थापन निःशुल्क गरिरहेको जानकारी गराउदछौं । प्रदेशसंग समन्वय र सम्भाव्य महामारीको आकलन गर्न मंगलबार इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट ३ सदस्यीय टोली भूकम्प प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । भूकम्पपछिको समयमा देखा पर्नसक्ने स्वास्थ्य महामारी, कुपोषण, मनोसामाजिक समस्या लगायतका समस्याको रोकथाम तथा उचित व्यवस्थापनका लागि यस मन्त्रालयले आवश्यक समन्वय र काम गरिरहेको छ । साथै, सबै सरोकारवालाहरूलाई महामारी, कुपोषण, मनोसामाजिक समस्याका क्षेत्रमा रोकथाम तथा उचित व्यवस्थापनका लागि कार्य गर्न यस मन्त्रालय अनुरोध गर्दछ । स्वास्थ्य क्षेत्रको प्रभावकारी प्रतिकार्यका लागि सहयोग आवश्यक परेमा यस संघीय मन्त्रालय सदैव तत्पर रहेको जानकारी गराउन चाहन्छौ स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।