बागमती प्रदेशमन्त्री दुलालका अंगरक्षक मृत फेला

0
Shares

काठमाडौँ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक यामबहादुर सुवेदी मृत फेला परेका छन्।

४२ वर्षीय यामबहादुर सुवेदी आज झुन्डिएको अवस्थामा हेटौंडा ११ नवलपुरको वनदेवी जङ्गलमा मृत फेला परेका हुन्।

कम्बर पेटीले घाटीमा पासो लगाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ।