ढुंगे बगर गायिका तीर्थकुमारी एकल साँझमा गुञ्जिँदै



ढुंगे बगर मायाजस्ता सदाबहार गीतकी ख्यातिप्राप्त लोकगायिका तीर्थकुमारी थापा पहिलोपटक एकल सांगीतिक साँझमा प्रस्तुत हुने भएकी छन्।

गायिका थापालाई आगामी मंसिर ८ गते राष्ट्रिय नाचघर जमलमा आयोजना तीर्थ कुमारी स्वर्णिम साँझ २०८० प्रस्तुत गर्न लागिएको आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। अन्नपुर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको कार्यक्रमको काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्ट्रक्सन प्रालि सह आयोजक रहेका छन्। पाँच दशकभन्दा लामो समयदेखि नेपाली लोक गीतमा निरन्तर सत्रिलय लोकगायिका थापा पहिलोपटक एकल सांगीतिक साझमा गुञ्जिन लागेकी हुन्।

कार्यक्रममा गायिका थापाले म त खाँदिनँ कुवाको पानी, ढुँगे बगर माया, झम्के फूली नाकैमा बुलाकी, उकालीमा पनि हजुर मोटर जाँदो रैछ, बारीको डिलमा ओखरबोट, माछी मार न हे दाइ होजस्ता दुई दर्जन आप्mना लोकप्रिय र सदावहार गीत प्रस्तुत गर्नेछिन्।

लोकगायिका थापाले पहिलोपटक एकल साँझमा प्रस्तुत हुन पाउँदा हर्ष व्यक्त गरिन्। गायिका थापाको छोरा तथा संगीतकार सुरज थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने बताए। ‘एकल साँझमा प्रस्तुत हुने आमाको सपना थियो, यसलाई पूरा गर्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सक्दिनँ। हामीले युगल गायनमा आमासँग गाउन सक्ने पुराना गायक नै प्रस्तुत गर्नेछौँ। बाँकी केही गीतमा मैले पनि साथ दिनेछु’ गायक थापाले भने।

२०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन र संगीत यात्राको थालनी गरेकी तीर्थकुमारीको हालसम्म एक हजारभन्दा बढी गीत रेकर्ड भइसकेका छन्। विभिन्न सामाजिक सेवाको सहयोगार्थ थुप्रैपटक सांगीतिक कार्यक्रममा आप्mनो गायन कला प्रस्तुत गर्दै आएकी उनले प्रबल गोरखा दक्षिणबाहु २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौं विभूषण, सम्मान, पदक र पुरस्कार प्राप्त गरिसकेकी छन्।

प्रतिक्रिया दिनुहोस्