लाहानबाट अटोमेटिक पेस्तोलसहित तीन जना नियन्त्रणमा

0
Shares

काठमाडौँ।

नेपालको ईन्टेलिजेन्स व्यूरोले सिरहाको लाहानबाट अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। सोमबार एउटा ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका ८ बस्ने ३१ वर्षिय अनिल राम, सोही नगरपालिका ५ बस्ने बर्ष ३० को जिबानन्द चौधरी र सप्तरी जिल्लाकै खडक नगरपालिका -४ बस्ने ३५ वर्षिय सञ्जय प्रसाद चौधरी रहेका छन् ।

हतियार बोकी हिडेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले लाहान नगरपालिका -१ हाइवेबाट २ थान गोली लोड भएको अटोमेटिक पेस्तोल बरामद गरेको हो। त्यस्तै , १ लाख ८४ हजार २ सय ५३ रुपैयाँ ,४ थान मोबाइल , नेपाल टेलिकमको २२ थान सिमकार्ड ,एनसेलको सिमकार्ड १४ थान , नेपाल टेलिकमकै ५० रुपैयाँ दरको २६ हजारको र १ सय दरको ९६ हजारको रिचार्ज कार्ड बरामद भएको छ।