ईसेवाद्वारा क्यानलाई मेडिकल किट प्रदान 

0
Shares

काठमाडौँ। 

भुक्तानी प्रणाली सेवा प्रदायक इसेवाले नेपाल क्रिकेट संघ ‘क्यान’लाई विभिन्न किसिमका मेडिकल किट प्रदान गरेको छ ।

इसेवाले एक कार्यक्रमको आयोजना गरेर क्यानलाई मेडिकल किट प्रदान गरेको हो । क्यानलाई मेडिकल किट  इसेवाका, प्रमुख बिजनेस अफिसर आशिष गौतम र चिफ स्ट्राटेजी अफिसर रबी शाक्यले  हस्तान्तरण गरे ।

कार्यक्रममा खेलाडी सोमपाल कामी र आशिफ शेखलाई नगद  ५०  हजारका दरले उपहार पनि हस्तान्तरण  गरिएको थियो ।सो उपहार खेलाडीहरुले एसिया कपमा गरेको प्रदर्शनको आधारमा दिइएको इसेवाले जनाएको छ।

इसेवाले नेपाली खेलकुदको प्रवद्र्धन गर्नका लागि विभिन्न किसिमका सहयोग उपलब्ध गराउँदै आएको छ । नेपाल र नेपानी खेलकुदलाई माथि उठाउन इसेवाले आफ्नो सिएसआर रकम मार्फत निरन्तर सहयोग प्रदान गर्दै आएको जनाएको छ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा ४ लाख भन्दा बढी मर्चेन्ट क्यू(आर सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।