जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

0
Shares

काठमाडौँ।

जाजरकोट केन्द्रबिन्दु भएर सोमबार अपरान्ह ४ बजेर ३४ मिनेटमा फेरि भूकम्प गएको छ । रामीडाँडा आसपास केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।आजको धक्का सोही भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।