नेपाल नविकरणीय उर्जा परिसंघद्वारा भूकम्पपिडीतलाई सहयोग गर्न आपिल

14
Shares

काठमाडौँ।

नेपाल नविकरणीय उर्जा परिसंघले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितलाई सहयोग गर्न परिसंघ संवद्ध संघ संस्थाहरु, पदाधिकारीहरु, सल्लाहकारहरु र कम्पनीहरुबाट सक्दो नगद र नविकरणीय उर्जा प्रविधिका साना प्रणालीहरु सहयोग आपिल गरेको छ। शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले प्रभावित क्षेत्रहरूमा सहायता सामग्री पठाउन परिसंघले अपिल गरेको हो ।

‘कार्तिक १७ गते मध्य रातमा गएको ६. ४ म्याग्निच्युटको भूकम्पको कारण १५७ जनाको मृत्यु भएको र १९७ जना विभिन्न अस्पतालमा उपचार भैरहेकोछ । साथै विपत्तिबाट हजारौँ घर भत्केर दशौँ हजार व्यक्ति घरबार विहीन समेत भएका छन्। घर भत्केर खुल्ला आकाश मुनि जटिल अवस्थामा रहन वाध्य भएका पिडीतहरुका लागि उचित व्यवस्थापन गर्नु अत्यन्त चुनौतीपूर्ण कार्य भएकोछ ।तिनै भूकम्प पिडीत स्थानीय बासिन्दाहरुलाई परिसंघको अग्रसरतमा सक्दो राहत वितरण गर्न पहल गर्ने तयारी भइरहेले नेपाल नविकरणीय उर्जा परिसंघ संवद्ध संघ संस्थाहरु, पदाधिकारीहरु, सल्लाहकारहरु र कम्पनीहरुबाट सक्दो नगद र नविकरणीय उर्जा प्रविधिका साना प्रणालीहरु सहयोग स्वरुप उपलब्ध गराउनु हुन हार्दिक अनुरोध गर्दछु ।’ अध्यक्ष गुण राज ढकालले हस्ताक्षर गरेको अपिलमा भनिएको छ।

परिसंघको बैंक खाता : लुम्बिनी विकास बैंक, डिल्ली बजार शाखा, काठमाडौँ
खाता नम्बर: ०११००१२००६०६१६०००००१

नेपाल नविकरणीय उर्जा परिसंघ मोबाइल फोन: ९८५१००१००८