लमजुङमा एकादशी मेला हुने, भलिबलको पुरस्कार डेढ लाख 



लमजुङ। 

उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका स्थिती खुदीबजारमा हरिबोधिनी एकादशीको मेला हुने भएको छ ।
‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङदी गाउँपालिकाको आधार, कला संस्कृतिको संरक्षण पर्यटन ऊर्जा र पूर्वाधार’ भन्ने नाराका साथ स्थानीयको सक्रियतामा मंसिर ७ गते देखि ९ गते सम्म मेलाको आयोजना गरिने भएको हो ।

खुँदी युथकाे आयोजनामा हुने मेलामा खुला भलिबल प्रतियोगिता, छेलाे प्रतियोगिता, कृषि उपज प्रदर्शनी, नि:शुल्क आँखा शिविर, फूलको डोली तार्ने, भजनकृतन र हाेमस्टे गाउँकाे साँस्कृतिक प्रस्तुतिको साथै अर्ग्यानिक खानेकुरा प्रस्तुत गरिने छ ।

खुला भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख र उपविजेतालाई ६० हजार राखिएको छ । टिम दर्ता शुल्क भने छ हजार राखिएको छ । छेलाे प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार व्यवस्था गरिएको खेलकुद समितिका संयोजक रवि थापाले बताए ।

मर्स्याङदी ३ खुदीस्थित अमर माध्यमिक विद्यालयको खेल मैदानमा ३ दिनसम्म सञ्चालन हुने मेलालाई व्यवस्थित बनाउन विभिन्न समितिहरू गठन गरिएको खुँदी युथका अध्यक्ष साेम तामाङले जानकारी दिए।

वडा नम्बर ३ काे कार्यालय खुदीमा वडाअध्यक्ष दूधमान तमाङकाे अध्यक्षता र गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङकाे प्रमुख आतिथ्यतामा भएकाे बृहत् भेलाले मेला सम्पन्न गर्न विभिन्न समिति र सल्लाहकार समिति गठन गरेको छ ।

आर्थिक समितिको संयोजकमा विशाल रावल, सदस्यमा शुस्मा भण्डारी र राजीव लामा, खेलकुद समितिको संयोजकमा रवि थापा, सदस्यमा सुनिल तामाङ, देबेन्द्र लामा, कृषि प्रदर्शनी तथा बिक्री व्यवस्थापन समितिको संयोजकमा भिष्मकान्त कुइकेल, सदस्यमा नवीनराज कुइकेल, नारायण तामाङ, मन्च व्यवस्थापन समितिको संयोजकमा सोम तामाङ, सदस्यमा सूर्यमान श्रेष्ठ र नवीन बगाले रहेका छन् ।

यस्तै स्वयंसेवक परिचालन समितिमा संयोजक पाल्साङ लामा, सदस्यमा विकास तामाङ, कर्ण बहादुर तामाङ, मिलन रुम्बा, मीन माया तामाङ, लक्ष्मण गुरुङ, सुजन तामाङ, डेनिश थापा, सन्देश तामाङ, डेबिड थापा, विनीता तामाङ रहेका छन् । प्रचार प्रसार समितिमा संयोजक अविनाश भण्डारी, सदस्य नवीनराज कुइकेल, ऋषिराम बस्नेत, फुलको डोरी तार्ने लगायतको कार्यक्रमको संयोजक विष्णु भण्डारी, सदस्य खिम पाण्डे, रिया भण्डारी रहेका छन् ।

यस्तै सांस्कृतिक समितिको संयोजकमा रवि थापा, सदस्य प्रमोद कतिला, सुशीला पौडेल रिमाल, होमस्टे प्रचार प्रसार समितिको संयोजकमा पारकाशी गुरुङ, सदस्य सीता गुरुङ, लुकुमारी गुरुङ रहेका छन् । अँखा शिविर व्यवस्थापन समिति संयोजकमा अविनाश भण्डारी, सदस्य रमेश के.सी, गङ्गा भण्डारी रहेका छन् ।
वडा नं. ३ का अध्यक्ष दूधमान तामाङकाे संयाेजकत्वमा २५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सदस्यमा हरिश्चन्द्र थापा, धनसिङ तामाङ, तिल बहादुर गुरुङ, चेत बहादुर गुरुङ, मीन राशि गुरुङ, रुद्रमान गुरुङ, बल बहादुर गुरुङ, घनश्याम घले, जित बहादुर गुरुङ, प्रेम बहादुर बस्नेत, तीर्थ बस्नेत, हर्क बहादुर थापा, वीरेन्द्र भण्डारी, नन्दराज तामाङ, राम प्रसाद सुबेदी, दयासागर घिमिरे, यादव चन्द्र घिमिरे, राम थापा, नारायण बहादुर थापा, नन्दराज लामा, सूर्य प्रकाश कतिला,अमृता पोखरेल, सरला थापा र मधु माया बगाले रहेका छन् ।
एकादशी मेलाका दिन सिम्पमनी बगैँचा, खुदीदेखि भुलभुले बजार क्षेत्रमा बाटो सफाइ तथा घर अगाडि घडा कलश राखेर सजाउन सबैलाई आग्रह गरिएको छ ।
तयारी भेलामा सम्बोधन गर्दै मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले हरिबोधिनी एकादशीको अवसरमा प्रत्येक वर्ष सञ्चालन गरिने मेलाले पालिकामा पर्यटन प्रवद्वनका लागि मद्दत गर्ने बताए।

परम्परागत संस्कार संस्कृतिको अवलम्बन गर्दै एकादशीको दिनमा गरिने पूजा आराधनाले संस्कृतिको संरक्षण हुने र मेलाले स्थानीय उत्पादनको बजारीकरण, आन्तरिक पर्यटनको विकास, हाेमस्टे गाउँहरूकाे प्रचारप्रसारमा सहयोग पुग्ने अध्यक्ष गुरूङले बताए ।

वडाध्यक्षहरू दूधमान तामाङ, तिलबहादुर गुरूङ, मिनराशी गुरूङ, धनसिं तामाङ र हरिश्चन्द्र थापा, अमर मावि खुदीका प्रधानाध्यापक तीर्थ बस्नेतले मेलालाई व्यवस्थित र पारदर्शी बनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्