सर्वोच्चको फैसलालगत्तै बाँकेमा पक्राउ परे रिगल

0
Shares

काठमाडौँ।

सर्वोच्च अदालतले माफी दिने सरकारको निर्णय बदर गरेलगत्तै योगराज भनिने रिगल ढकाल पक्राउ परेका छन् ।
बिहीबार सर्वोच्च अदालतले उनको कैद माफी दिने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश दिएको थियो । उक्त निर्णय र आदेशलगत्तै उनी बाँकेबाट पक्राउ परेका हुन् ।
संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कैद माफी पाएपछि गत ४ भदौमा रिहा भएका उनी पुनः पक्राउ परेका हुन् ।

बाँके नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रिगल माफी पाएर रिहा भएपछि सरकारको चौतर्फी आलोचना भइरहेका बेला सर्वोच्चले उनलाई माफी दिने सरकारको निर्णय बदर गरिदिएको हो ।

रिगललाई माफी दिने सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा बिहीबार सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गर्दै रिगललाई तत्काल पक्राउ गर्न परमादेश दिएको छ । अ

दालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको छ ।