तीन दलबाट व्यवस्था खतरामा, साना दलप्रति संसद अनुदार : रवि लामिछाने

0
Shares

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा संसदीय दलका नेता र रवि लामिछानेले कांग्रेस, एमाले र माओवादी केन्द्रबाट नै विद्यमान राजनीतिक व्यवस्था खतरामा परेको आरोप लगाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीबाटै राजनीतिक व्यवस्था खतरामा परेको बताउँदै अरुमाथि आरोप नलगाउन बताए ।

प्रमुख तीनबाहेकका दलप्रति संसद अनुदार बनेको पनि उनको आरोप छ । उनले कांग्रेस, एमाले र माओवादीबाहेकका दलप्रति संसद अनुदार बनेको आरोप लगाए ।