पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको छ : रमेश लेखक

0
Shares

काठमाडौँ।

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकलाई नेपाली काँग्रेसको तर्फबाट सम्बोधन गर्दै उन ले उक्त कुरा बताएका हुन् । सचेतक लेखकले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् भन्ने किसिमले प्रायोजित रुपमै आक्रमण भइरहेको बताए ।

उनले यो संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जाने दाबी समेत गरे । लेखकले संविधान सफल बनाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताए ।

सचेतक लेखकले संविधान सफल गर्नका लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने बताए । उनले राजनीतिक दलहरु संविधानको सुरक्षाका लागि र व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी रहेको जिकिर गरे ।

यो संविधान असफल गर्ने छुट हामीसँग नभएको र संविधान असफल भयो भने मुलुक अफ्ठ्यारोमा पुग्न सक्ने भएकाले यो संविधान सफल गर्न लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने उनको भनाइ छ ।

यो व्यवस्था र संविधान ल्याउने पुराना राजनीतिक दलहरु बेठिक हुन् र यी अब काम लाग्दैनन् भन्ने एउटा प्रायोजित भाष्य तयार गर्ने प्रयत्न भइरहेकाले अब राजनीतिक दलहरु यो संविधानको सुरक्षाका लागि र यो व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी भएको लेखकले बताए ।

उनले प्रायोजित षड्यन्त्रलाई चिर्न सबै दलहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ ।