जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

0
Shares

काठमाडौं ।

कञ्चनपुर, शुक्लाफाटा नगरपालिका-१ बंसाहा बस्ने फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर रानासमेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ९ सय २७ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय रमेश साहुको घरमा जुवातास खेलिरहेको अवस्थामा नेपालगंज बस्ने दाङ घोराही उपमहानगरपालिका-१५ घर भएका २८ वर्षीय राजकुमार वली समेत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ६ सय ३६ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।