ब्राउन सुगरसहित २ जना पक्राउ



 उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको गस्ती टोलीले त्रियुगा नगरपालिका १० मदनभण्डारी मार्गको काली खोला नजिकबाट ब्राउन सुगरसहित २ जना  २ जनालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा भारतको बिहार राज्यको सुपौल जिल्ला भिमनगर थाना वडा नं ८ बस्ने दुखन मण्डलको छोरा वर्ष २७ को जसबिर कुमार मण्डल र सुपौल जिल्ला बिरपुर थाना वठा नं १२ बस्ने देव कुमार महतोको छोरा वर्ष २७ को सन्तोष  कुमार महतो र उनीहरुले ल्याएको गाडी प्रयोग गरेको  बिआर एघार पीबी  १३५५
नम्बरको स्कारपियो समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय  उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा उक्त गाडीको गियर बस भित्र कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा २९ ग्राम २९० मिलि ग्राम ब्राउन सुगर, सानो डिजिटल तराजु थान १ र नगद १,५४,०००९(एक लाख चउन्न हजार ) समेत फेला पारिएको थियो ।

पक्राउ गरिएको गाडी र मानिससहित जिप्रका उदयपुरमा ल्याई सम्मानित उदयपुर जिल्ला अदालतबाट दिन १५ म्याद लिई थप आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्