प्रिन्सिपल सर्राफको हत्यामा संलग्न ५ जना सार्वजनिक

0
Shares

बारा।

बाराको कलैया उपमहानगरपालिका-६ स्थित मदरसा टोलका रुपेश सर्राफको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

कलैया भरतचोक नजिकै सोमबार दिउँसो भएको सर्राफको हत्यामा संलग्न ५ जनालाई बारा प्रहरीले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

मुख्य अभियुक्त एवं योजनाकार मनोज गुप्ता भने भारतमा फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक काफलेका अनुसार सर्राफ हत्या प्रकरण एक महिलाको रिसइवीका कारण हुन पुगेको देखिएको छ ।