विश्वको ध्यान नेपालतर्फ तान्दै गुटेरसद्वारा संसदमा सम्बोधन

0
Shares

काठमाडौँ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले विश्व समुदायको ध्यान फेरि एक पटक नेपालतर्फ तानिएको छ । हमासले इजरायलमा आक्रमण गरेपछि प्रतिवादमा इजरायलले गाजा क्षेत्रमा छेडेको युद्धले इजरायल र प्यालेष्टाइनबीचको तनाव उत्कर्षमा पुगेको कारण विश्वको ध्यान यतिखेर संयुक्त राष्ट्रसंघमा केन्द्रित छ । तर यति नै बेला राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको चार दिने भ्रमणले विश्वकै ध्यान नेपालतर्फ मोडिएको छ । हुन त महासचिव गुटेरेस मध्यपूर्वको तनावलाई बीचमा छाडेर एक्कासि नेपालको भ्रमणमा आएका होइनन्, बरु हमासले इजरायलमा गरेको आक्रमणका कारण उनको भ्रमण निर्धारित मितिभन्दा दुई सातापछि धकेलिएको हो ।

 

सम्बोधनमा उनेले शान्ति प्रक्रियामा नेपाली नेतृत्वको भूमिकाको प्रशंसा र सम्मान गर्दै संक्रमणकालीन न्यायको माध्यमबाट शान्ति प्रक्रियालाई अन्तिम चरणमा पु¥याउने नेपालको प्रयासमा राष्ट्र संघको सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे । संक्रमणकालीन न्यायले दीगा शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने जिकिर गर्दै उनले दोह¥याए– ‘संक्रमणकालीन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना तब हुन्छ, जब यो समावेशी तथा बृहत् हुन्छ र यसको केन्द्रमा पीडितहरू हुन्छन् । यो यात्रामा तपाईँहरू एक्लो हुनुहुन्न । अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने, तपाईँको आफ्नै सर्वोच्च अदालतको निर्णय र पीडितहरूका आवश्यकता पूरा गर्ने प्रक्रियाको विकास गर्न र यसलाई व्यवहारमा ल्याउन राष्ट्रसंघ तपाईहरूलाई सहयोग गर्न तयार  छ ।’

 

महासचिव गुटेरेसले विश्व शान्तिमा नेपालको योगदानको खुलेरै प्रशंसा गरेका छन् । नेपाल राष्ट्रसंघमा शान्ति सेना पठाउने दोस्रो ठूलो राष्ट्र भएको उल्लेख गर्दै उनले भने– ‘नेपाली जनताको समर्पण, अदम्य साहस र सेवाका लागि म हृदयदेखि नै कृतज्ञ छु । हाम्रो नीलो झन्डामुनि रही सेवा गर्दै आफ्नो जीवन गुमाएकाहरूलाई सम्मान गर्न म एक क्षण मौन धारण गर्न चाहन्छु ।’

उनले नेपाललाई विशेष प्राथमिकता दिँदै भने– ‘नेपाल विश्वको मित्र हो । विश्व पनि नेपालको लागि राम्रो मित्र बन्नुपर्छ ।’