डिजेल र मट्टितेलको भाउ घट्यो, कति पुग्यो ?

14
Shares

काठमाडौँ।

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो ।

निगमले मंगलबार विज्ञप्ति जारी गर्दै स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । यसअघि भने काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६८ रुपैयाँ थियो ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाएको छ ।