वृद्ध हत्या आरोपित पुर्पक्षका लागि थुनामा

0
Shares

धादिङ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ हजारेकी ७० वर्षीया शुकमाया गुरुङको हत्या आरोपमा पक्राउ परेका ३८ वर्षीय मंगल गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

धादिङ जिल्ला अदालतका न्यायाधीश गाेपाल प्रसाद बास्तोलाको आदेशले आरोपित गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरिएको हाे
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारका अनुसार टाउको, घुच्चुक, अनुहारको बायाँ भाग, गर्धनको बायाँ भाग र शरीरका विभिन्न भाग समेतमा पटक–पटक धारिलो हतियार प्रहार गरी १२ असोजमा निर्ममतापूर्वक हत्या भएको थियो । हत्या स्वीकार गरेका गुरुङ शुकमायाका भतिजा नाता पर्ने व्यक्ति हुन् ।

नेत्रावती डबजोङ गाउँपालिका– ४ हजारेस्थित घरनजिकैबाट गोठमा लुकिछिपी बसेको अवस्थामा गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । सोधपुछ गर्दा गुरुङले धारिलो हतियार खुर्पा प्रहार गरी शुकमायालाई कर्तव्य गरी मारेको स्वीकार गरेको थिए ।

कुप्रे भनेर जिस्काउने गर्दा रिस उठेको र बाख्राले बाली खाएको रिसमा मारिदिएको आरोपितको भनाई थियो ।
घटना भएको खबरपछि प्रहरी चौकी कटुन्जेकाे टोलीले असाेज १२ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।