शासक वर्गका कारण नेपाल विकसित हुन सकेन : अध्यक्ष ओली

0
Shares

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र वाह्य शक्तिका कारण नेपाल विकसित हुन नुसकेको बताएका छन् ।

मंगलबार काठमाडौंका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औं एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले नेपाल विकास हुन नसक्नुको कारण शासक वर्ग र वाह्य शक्ति रहेको बताए । उनले नेपालीहरु लामो समयसम्म हातमुख जोड्न नै लागि परेको र साहित्य, संस्कृति र कला सिक्ने र हेर्ने अवसर नै प्रदान नगरिएको बताए । विभिन्न कालमा शासन गर्नेहरुले जनतालाई अवसरबाट वञ्चित गर्दा नेपाल पछि परेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जनमा सिमित भएकाले यसको विकास हुन नसकेको बताए ।