जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ

0
Shares

काठमाडौं।

काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यम कुमारी पुन समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ९९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-२ घर भएका ३९ वर्षीय पूर्ण बहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १९ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

बाँके कोहलपुर नगरपालिका-३ मदनचोक बस्ने बिष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४१ वर्षीय दिपक कुमार ढकाल समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३५ हजार ९ सय ५५ रूपैयाँ र २५ गड्डी ताससहित पक्राउ गरेको हो ।

धादिङ निलकण्ठ नगरपालिका-३ एमाले चोक नजिक बस्ने आशिष श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खतिवडा समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४२ हजार ८ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।

तेह्रथुम लालिगुँरास नगरपालिका-२ प्रगती टोल बस्ने ३८ वर्षीय बीर बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९५ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुर बेलौरी नगरपालिका-७ फगतपुरस्थित राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ११ हजार ५ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।