प्रिन्सिपल हत्या प्रकरण : छ आरोपी पक्राउ

0
Shares

बारा।

बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा सम्लग्न भएको आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार दिउँसो करिब १ बजे कलैयास्थित मदर्शा टोलमा दुईवटा मोटरसाईकलमा आएका चारजना व्यक्तिले सर्राफलाई तीन राउण्ड गोली प्रहार गरेका थिए। गोली लागेर सख्त घाइते सर्राफको विरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

हत्यामा सम्लग्न रहेको आरोपमा एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

अहिले दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्षमरुपमा अनुन्धान भईरहेको प्रहरीले जनाएको छ ।