लुम्बिनी पुगे राष्ट्रसंघका महासचिव गुटेरेस

0
Shares

बुटवल।

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेस आज लुम्बिनी आएका छन्।

अन्नपूर्ण बेस क्याम्पको भ्रमण गरेर गुटेरेस पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी बुद्धकाे जन्मस्थल लुम्बिनी आइपुगेका हुन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पर्यटन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका छन् ।

गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि गुटेरेसलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ ।