मन्त्री लिम्बुद्वारा तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन 

0
Shares

सिन्धुली । 

सिन्धुलीको मरिण गाउँपालिकामा तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । आज आयोजित एक कार्यक्रमकाबीच  युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

 नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीको आयोजनामा सुरु भएको प्रतियोगिता आगामी कार्तिक २१ गते सम्म चल्ने छ । माझी समुदायका युवा खेलाडीहरुको क्षमता विकासको लागि प्रतियोगिताको आयोजना गरिएको नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीले जनाएको छ ।

 प्रतियोगितामा सिन्धुलीसहित देशभरका २३ जिल्लाका माझी समुदायका युवा खेलाडीहरुको सहभागिता रहेको नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले बताए । प्रतियोगिताको विजेता समूहले २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल र प्रमाण पत्र, प्राप्त गर्ने नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले बताए ।

उप विजेताले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र र तेस्रो हुने समूहलाई ६६ हजार ६ सय ६६ रुपयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र दिइने अध्यक्ष माझीले जानकारी दिए ।