जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

0
Shares

नवलपरासी पूर्व

गैंडाकोट नगरपालिका-१ कालिका फेदिस्थित डिल्लीराज कडेंलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २४ वर्षीय विमल मल्ल सहित ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २० हजार ८ सय ५० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी, गैंडाकोट नगरपालिका-१ जौजुवास्थित चेतनारायण अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने १६ वर्षीय किशोरसहित १० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।