०८४ को चुनावमा पुराना  सबै राजनीतिक दललाई बाईबाइ गर्नुपर्छ : सभापति लामिछाने

0
Shares

काठमाडौँ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन् ।  शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरुले जनताको लागि काम नगरेको बताए । लामिछानेले दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्नसक्छौँ गर भन्ने चुनौति दिएको समेत बताए । उनले आउने चुनावमा कुनैपनि दललाई एकसिट पनि जित्न नदिने बताए ।

‘हाम्रो आँखै अगाडि नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा आएका छन् । स्थानीय तहमा एकसय एक होनहार मानिसहरु आएका छन् । तैपनि दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ल के गर्न सक्छौँ ? आएर भनेर हामीलाई चुनौती दिए ठाडै । हेर्दाहेर्दै । यस्ता कयौँ बेथितिका चुनौतीहरू दिएका छन्।

भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन्’ लामिछानेले भने, ‘तपाईहरुको आवाज त्यति सुनिएन भनेर कहिले कहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । के मा दिने, कति दरो बोल्ने, के भन्ने ? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाई बाइ गर्ने, एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला ।’

लामिछानेले नेपालीहरुको सुनौलो भविष्य भन्ने दल र नेताहरुले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताउनु भयो ।  उनले भने,  ‘एक दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाई थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेकोअझै हेर्न चाहनुहुन्छ ? नेपालीहरुको सुनौलो भविष्य भन्थे, त्यो सुनौलो भविष्य भनेको त आफ्ना छोराहरुलाई सुन ल्याउनका लागि सुनौलो भनेका रहेछन् ।’