राजश्व छली ल्याएको ९२ बोरा चिनी बरामद

0
Shares

काठमाडौँ ।

काभ्रेमा राजश्व छलेर ल्याएको ९२ बोरा चिनी र २८ बोरा धान प्रहरीले बरामद गरेको छ।

बनेपा नगरपालिका-७ स्थित अरनिको राजमार्गमा बिहीबार दिउँसो साढे १ बजे सवारी जाँच गर्नेक्रममा ट्रकबाट प्रहरीले चिनी र धान बरामद गरेको हो।

पनौतीबाट बनेपा जाँदै गरेको धुलिखेल नगरपालिका-२ बस्ने ३७ वर्षीय राजु तिमल्सिनाले चलाएको ना ६ ख ६२१९ नम्बरको ट्रक रोकेर प्रहरीले तलासी लिएको थियो।

त्यसक्रममा ट्रकभित्र ५० किलोका ९२ वटा बोरा र २८ वटा धानका बोरा बरामद गरेको हो।

प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ। थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाएको छ।