गाजा अस्पतालमा भएको आक्रमणप्रति नेपालको निन्दा

0
Shares

काठमाडौँ।

नेपाल सरकारले प्यालेस्टिनी क्षेत्र गाजास्थित अल अहली अस्पतालमा भएको हमलाको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथिका आक्रमणको निन्दा गरेको हो।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अस्पतालमा निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको उल्लेख छ ।

‘अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

सर्वसाधारणमाथिको आक्रमणलाई लिएर नेपाल सरकार गम्भीररुपमा चिन्तित रहेको पनि विज्ञप्तिमा उल्लेख छ । नागरिकको सुरक्षाको आह्वान गर्दै नेपालले सबै विवादको समाधान शान्तिपूर्ण वार्ताबाट समाधान गर्न आग्रह गरेको छ ।