लमजुङका कैदीबन्दीले पाए खसी उपहार



लमजुङ। 

बेसीशहर नगरपालिकाले कारागारका कैदी बन्दीलाई दशैंका लागि उपहार स्वरूप २ वटा खसी सहयोग गरेको छ । नगरपालिकाले ४० हजार रुपैयाँ  मूल्यका २ वटा खसी सहयोग गरेको हो ।

   नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारगारमा पुगेर जेलर कमलापती अधिकारी, कैंदी–बन्दीका नाईकेलाई उक्त खसी सहयोग गरेका हुन् । नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जिव नविताई रहेकाहरु परिवारबाट टाढा रहने भएकोले उनीहरुलाई थोरै भए पनि चाडपर्वमा खुसी दिनका लागि नगरपालिकाले सहयोग गरेको बताए।

  नगर प्रमुख अर्यालले नगरपालिकाले चालु तर्फको अन्य सामाजिक सहायता शीर्षकबाट कैदी बन्दीलाई खसी सहयोग गरेको बताए ।

  कारागारका जेलर कमलपती अधिकारीले दशैंमा कैदीबन्दीका लागि सरकारले थोरै मात्र सहयोग गर्ने भएकोले बेसीशहर नगरपालिकाको सहयोगले चाडपर्वमा कैदी बन्दीलाई खुसी थप्ने बताए ।

  बेसीशहर नगरपालिकाले गतबर्ष ३० हजार सहयोग गरेको थियो भने प्रत्येक बर्ष दशैंमा सहयोग गर्दै आइरहेको छ । लमजुङ कारागारमा ७ जना महिलासहित  ८८ जना कैंदीबन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्