रजत जयन्तीको अवसरमा आमा घरलाई खाद्यान्न सहयोग

0
Shares

काठमाडौँ।

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाको रजत जयन्तीको अवसर पारेर बिहीबार सोल्टिमोड स्थित आमा घरलाई खाद्यान्न सहयोग गरेको छ ।

रजतजयन्तीको अवसर पारेर बिभिन्न परोपकारी तथा धार्मिक काम गर्दै आएको संस्थाले आमा घरमा आश्रय लिएर बसेका बृद्धबृद्धालाई भोजन गराउनका लागि खाद्यान्न सहयोग गरेको रजतजयन्ती महोत्सव कार्यक्रमका संयोजक सुन्दर थापाले जानकारी दिए ।

खाद्यान्य हस्तान्तरण कार्यक्रममा स्थानीय समाजसेवी पण्डित बासुदेव लामिछानेले दिनहिन र बिना साहारा जीवन गुजार्दै आएका बृद्ध बृद्धाको सेवामा समाजले गरेको योगदान अतुलनिय रहेकाले आगामी दिनमा पनि यस्ता परोपकारी काममा सहभागिता जनाउन संस्थालाई आग्रह गरे ।

सोही कार्यक्रममा काठमाडौँ महानगरपालिका १४ का अध्यक्ष सुमन श्रेष्ठले परोपकारी काममा संलग्न रहदै आएको कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाप्रति आभार व्यक्त गर्दै आमाघरमा रहेका बृद्धबृद्धालाई यसपालीको दशैं भव्यरुपमा मनाउन पनि आग्रह गरे ।

आमा घरकी संचालिका दिलशोभा श्रेष्ठले यस्तै सहयोगी हातहरुका कारण आफूले अहिले १सय १० जना भन्दा बढी साहारा बिहीनलाई साहारा दिदैं आएको बताइन् ।