सुनको भाउमा नयाँ रेकर्ड, मूल्य अहिलेसम्मकै उच्च

0
Shares

काठमाडौँ।

नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउले आज नयाँ रेकर्ड बनाउँदै छापावाल सुन प्रतितोला १ लाखा १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने सस्तिएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यसअघि साउन ४ गते, सुनको भाउ सबैभन्दा उच्च दरमा खरिदबिक्री भएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो ।