भूकम्पले घर भत्काउँदा त्रिपालमुनिको बास 

0
Shares

बाजुरा। 

 खप्तड छेडेदह गाउँपालिका वडा न. तिन टुनीसैनकी  उज्याली खड्काको परिवार घरवास विहीन भएका छन् । कार्त्तिकको कठ्याग्रीदो चिसो र हावाहुरी वर्षका वावजुत उनको परिवार गत असोज १६ गते देखि खुलाआकाकास मुनी त्रिपालको भरमा  रात काट्न बाध्य छन् । त्यस्तै हर्के खड्कालाई पनि घरकै पिरलो छ । दशैंको मुखमा रमाइलो गरी मनाउन सोचेको थिएँ भूकम्पले बस्न खान दिएन प्रायजसो अहिले पनि जमिन हल्ल्ीरहेको भान हुन्छ । ज्यान बाँच्यो  त्रिपालमै  भएपनि दशैं मनाउनु पर्ला  हर्केले भने । यस्तो गुनासो हर्केको मात्र हैन, बाजुराका सयों घरवास विहीनको गुनासो छ कहिले घरमा बस्न पाउँला ?

  गत असोज १६गते आएको भूकम्पमा परि बाजुराका सयौं घरपरिवार आवस विहिन भएका छन्। बझाङ्गको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर  गएको भूकम्पमा परि बाजुराको खप्तड छेडेदह गाउँपालिकाका जनता बढी प्रभावित भएका छन् । तिन सय भन्दा बढी घर चर्केका छन्। पचास बढी घर बस्न लायक नै छैनन् खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलवहादुर रावतले भने । दर्जन बढी परिवारको त्रिपालमै बास भएको छ। घरसंगै भएको अन्न लत्ता कपडा पनि पुरिएका छन् । खानबस्नकै समस्या छ , दशैंको मुखमा देश विदेशबाट आउनेको पनि बिचल्ली छ ।  जनताको बिचल्ली भयो । को दाताले सहयोग गरिदेला ? अध्यक्ष रावतको भनाई छ।  गाउँपालिका र रेडक्रसको सहयोगमा सामान्य  उद्धार तथा  राहात  वितरण गरेका छौँ । त्यो पर्याप्त छैन , खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष विशुनाथले भने  । घर भत्केपछि महिला र बालबालिका बढी प्रभावित छन् । महिनावारी हुंदा महिला चिसो र एक्लोपनले थप पिडामा छन् उपाध्यक्ष नाथले भने  ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका  सभापति मेखराज जैशीका अनुसार  भूकम्पले गरेको क्षतीको विवरण सङ्कलन कार्य जारी रहेको छ । गत मंगलबार गएको भूकम्पका कारण बाजुरामा ८४ घरहरु पूर्ण रुपमा भत्किएका छन् । यस्तै जिल्ला भर १४ वटा गोठहरुमा पनि पूर्ण रुपमा क्षति पुयाएको छ।
८१ घरहरुमा आंशिक रुपमा क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार भूकम्पका कारण बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा गरेको छ भने बुढीगंगा नगरपालिका र बडी मालिकामा पनि क्षति गरेको छ । यस्तै गौमुल गाउँपालिमा पनि क्षति गरेको बताइएको छ।

 हालसम्म बुढीगंगा नगरपालिकाको वडा न. २,३,४, ५, ६, ७ र ९ का १८ घर खप्तड छेडेदह गाँउपालिकाका ४, ५, ६, ७ मा ४५ वटा घर, बुढीनन्दा नगरपालिकाका १, ३, र ४ मा ७ वटा त्यसैगरी गौमुल २, ३,४, ५, र ६ का १४ वटा घर गरी जम्मा ८४ वटा घरहरुमा पुर्ण रुपमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार खप्तड छेडेदह गाँउपालिका वडा न. ५ मा भैँसी बाध्ने छाना अर्थात १४ वटा गोठहरुमा पूर्ण रुपमा क्षति गरेको बताइएको छ। भूकम्पका कारण खप्तड छेडेदह गाँउपालिका ५ का एक जना स्थानीयको भैसी मरेको छ । यस्तै जिल्लामा दुई जना घाइते पनि भएका थिए । घाइतेहरुको उपचार पछि घर फकाइएको पनि प्रहरीले जनाएको छ।

 यस्तै जिल्लाभर ८१ घरहरुमा आशिक क्षति भएको छ भने १३५ घरहरुमा सामान्य क्षति भएको छ  । १७ वटा सरकारी आंशिक कार्यालयहरुमा पनि क्षति गरेको छ। जसमध्यको १५ वटा त्रिवेणी र बडीमालिकाका दुई विद्यालय भवनमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।