बारमा उनन्साठी लाख भन्दा बढीको अवैध सामानसहित ट्रक पक्राउ

0
Shares

बारा।

बारमा उनन्साठी लाख बाह्र हजार सात सय सत्र रुपियाँ  बराबरकोअबैध सामानसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

  जितपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोकमा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्जबाट काठमाडौँ  तर्फ जाँदै गरेको ना.३.ख.५६७२ नं.को ट्रकलाई रोकी चेक जाँच गर्दा हार्डवेयर तथा अटो पार्टका सामानहरू बिल विजक भन्दा बढी र श्रोत खुलाउन नसकेकाले सामानसहित ट्रक नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

उक्त समानसहित ट्रकलाई  आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको  जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका सूचना अधिकारी एवं  प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले प्रेस नोटमार्फत जानकारी गराएका छन् ।