रोकिराखेको गाडीमा स्कुटर ठोक्किँदा चालकको मृत्यु

0
Shares

काठमाडौं ।

काभ्रेमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ।

मंगलबार साँझ साढे ५ बजे पनौती नगरपालिका-१० दाहालटारमा रोकिराखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किएको हो।

दुर्घटनामा स्कुटर चालक पनौती नगरपालिका-७ बसपार्क बस्ने १६ वर्षीय इरोज ताम्राकारको मृत्यु छ।

दुर्घटनापछि उनी र स्कुटर पछाडि सवार १७ वर्षीय सुबोध श्रेष्ठ घाइते भएका थिए। उनीहरूको उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा इरोज ताम्राकारको पौने ७ बजे मृत्यु भएको हो।

प्रहरीले दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।