![](https://newsofnepal.com/wp-content/uploads/2023/10/Cap-Pic-main.jpeg)
दशैँको पहिलो दिन घटस्थापनामा ऐतिहासिक कालिका मन्दिरमा रहेको दशैँघरमा विधिपूर्वक जमरा राखिएको छ । आइतबार बिहान ११ बजेर ४६ मिनेटमा जौको जमरा कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा रखिएको हो । विशेष गरी राष्ट्रप्रमुख र प्रधानमन्त्रीलगायत देशका विशिष्ट व्यक्तिहरूलाई दशैँमा टीकासँगै जमरा लगाउनका लागि दशैँघरमा वर्षेनी जमरा रोप्ने गरिन्छ । तस्वीर : अनिल आङदेम्बे