जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

0
Shares

मुगु ।

छायाँनाथ रारा नगरपालिका-२ स्थित होटेल ग्रान्डीमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ टोप्ला बस्ने ३१ वर्षीय पशुपति शाही समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार रूपैयाँ सहित पक्राउ गरेको हो । यसैगरी उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँस्थित होटेल टपटाउनमा जुवातास खेलिरहेको छायाँनाथ रारा नगरपालिका-७ पिना गाउँ बस्ने ३२ वर्षीय सूर्य बहादुर शाही समेत ८ जनालाई नगद १३ हजार ६ सय ४९ रूपैयाँसहित शनिबार दिउँसो पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।