रुपन्देही उद्योग संघमा  सापकोटासहित १४ जना निर्विरोध निर्वाचित 

0
Shares

बुटवल।

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वका लागि नेकपा एमाले र नेपाली काँग्रेस निकट उद्योगीहरुको संयुक्त प्यानलबाट दिलीप सापकोटासहित पदाधिकारी र सदस्यमा १४ जना निर्विरोध निर्वाचित भएका छन् ।  सोमबार हुने संघको २३ औँ अधिवेशन अन्तर्गत शनिवार  भएको मनोनयन दर्तामा एकल उम्मेदवारी परेपछि एमाले निकट सापकोटा अध्यक्षमा सहित १४ जना निर्विरोध निर्वाचित भएका हुन् ।

 संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जीवकान्त काफ्ले,महासचिवमा हिरामणि भट्टराई,महिला सचिवमा मञ्जु भुसाल निर्वाचित भएका छन् । काफ्ले र भुसाल काँग्रेस निकट हुन् ।

यस्तै एशोसिएट सदस्यमा प्रज्ज्वल थान्जु,आजीवन सदस्यमा माधवप्रसाद नेपाल,संस्थागत सदस्यमा गोबिन्दप्रसाद भुसाल,बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल,बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे,तिलोत्तमा सदस्यमा रमेशप्रसाद आचार्य,सैनामैना नगरपालिका सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउँपालिका सदस्यमा टंकनारायण आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन प्रमुख यमलाल खनालले बताए ।

द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री र माया खनाल,कोषाध्यक्षमा युवराज आचार्य र सुरेन्द्र ज्ञवाली,सचिवमा सुमन बस्याल र कमल ज्ञवाली,सहकोषाध्यक्षमा विशाल बेल्बासे र प्रेमबहादुर आलेबीच चुनाव हुने भएको छ । यस्तै २ महिला सदस्यमा मिना थापा तुलाधर,शारदा भट्टराई र शारदा पहारीको उम्मेदवारी परेको छ । खत्री,आचार्य र बस्याल एमाले निकट हुन् भने बांकी माओवादी,राष्ट्रिय स्वतन्त्र पार्टी र  नेकपा एकीकृत समाजवादी निकट उद्योगीको प्यानलका हुन् । यस्तै ८ जना खुल्ला सदस्यमा १५ जनाको उम्मेदवारी परेको छ ।

जसमा एमाले  र काँग्रेस निकट उद्योगीहरुको प्यानलबाट ८ जना र माओवादी,राष्ट्रिय स्वतन्त्र पार्टी र  नेकपा एकीकृत समाजवादी निकट उद्योगीको प्यानलबाट ५ जनाको उम्मेदवारी परेको छ ।यसैबिच एमाले र काँग्रेस निकट उद्योगीहरुको प्यानलल पत्रकार सम्मेलन गरेर  निर्वाचन हुने पदहरुमा उम्मेदवारी दिएकाहरुको उम्मेदवारी सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षमा निर्विरोध हुनु भएका दिलीप सापकोटाले  सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न प्रयास गरे पनि अर्को पक्षले नमान्दा केही पदमा निर्वाचनमा जानुपरेको बताए ।