‘थामी समुदायको जीवनस्तर उठाउन सबैको पहल आवश्यक’

0
Shares

दोलखा।

सभामुख देवराज घिमिरेले राजनीतिक दल र नेताहरुको मुख्य ध्येय देश बनाउने भएपनि त्यसमा सफलता मिल्न नसकेको बताएका छन् ।

दोलखाको विगु गाँउपालिका वडा नम्बर ५ चिलंखामा नेपाल हेल्पको सहयोगमा निर्माण भएको चक्रेश्वरी सामुदायीक स्वास्थ्य केन्द्रको उद्घाटनको क्रममा सभामुख घिमिरेले भने– राजनीतिक दल र नेताहरुको मुख्य ध्येय देश बनाउने नै हो तर, आर्थिक, सामाजिक लगायत सबैखाले विकासको लागि विदेशीको मुख ताक्नुपर्ने अवस्था छ ।

सभामुख घिमिरेले दोलखामा रहेको ऐतिहासीक थामी समुदायको जिवनस्तर उकास्न सरोकारवाला सबैले चासो दिनुपर्ने बताए ।

चक्रेश्वरी सामुदायीक स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष प्रविण खड्काको अध्यक्षमा सम्पन्न स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा प्रतिनिधि सभाका सदस्य इश्वरी रिजाल, बागमति प्रदेश सदस्य भरत बहादुर केसी र ठूला थामी, नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य बालकृष्ण शिवाकोटी, विगु गाँउपालिकाका प्रमुख सञ्जीव ओली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

चक्रेश्वरी सामुदायीक स्वास्थ्य केन्द्र निर्माणको लागि नेपाल हेल्पले तीन करोड रुपैयाँ सहयोग गरेको स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष प्रविण खड्काले जानकारी दिए ।