नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रादेशिक भेला सम्पन्न



सर्लाही । 

नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रादेशिक भेला ८ बुँदे लालबन्दी घोषणा पत्र जारी गर्दै  शनिवार सम्पन्न भएको छ। नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको आयोजना तथा नेपाल प्रेस युनियन सर्लाही शाखाको आतिथ्यतामा शुक्रबारदेखि सुरु शनिवार सम्पन्न भएको हो।

 मधेस प्रदेश महासचिव अजयकुमार साहद्वारा जारी गरिएको घोषणा पत्रमा नेपाल प्रेस युनियनलाई सबल, सक्षम र श्रमजीवी पत्रकारहरूका हितमा पक्षमा काम गर्दै गतिशील संगठन बनाउन मधेस प्रदेशका आठ वटै जिल्ला समितिलाई परिचालन गर्ने , प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै व्यावसायिक पत्रकारिता तथा सञ्चार माध्यमको संस्थागत विकास गर्नका लागि सरोकारवाला निकायसँग सहकार्य गर्ने घाेषणा पत्रमा उल्लेख छ ।

घाेषणा पत्र मार्फत सदस्यता शुद्धीकरणका नाममा भएका कतिपय गतिविधिबाट व्यावसायिक पत्रकारहरु वञ्चित भएकाले न्यायोचित रुपमा मापदण्ड अनुसार पत्रकारलाई सदस्यता दिन  पत्रकार महासंघको ध्यानाकर्षण समेत गराइएको छ।

व्यावसायिक पत्रकारिताको विकास, दक्ष जनशक्ति उत्पादन, विधागत पत्रकारिताको प्रवर्द्धनका लागि नेपाल प्रेस युनियन केन्द्रीय समितिले घोषणा गर्दै पत्रकार प्रशिक्षण वर्ष २०८० लाई सफल बनाउन युनियनको प्रदेश समिति र जिल्ला शाखालाई परिचालन गर्ने उल्लेख्य गरिएको छ।  सर्लाहीको लालबन्दीलनई गोलभेँडाको सहरका नामले परिचित गराउ नगरमा कृषिक्षेत्रको दिगो विकासमार्फत् पर्यटन प्रवर्द्धनका लागि ठोस तथा उपलब्धिमूलक काम कार्यक्रम संचालनमा जोड दिएको छ ।

 प्रदेश स्तरीय भेलमा नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष शिव लम्साल, उपाध्यक्षद्वय जीवन भण्डारी, अनिल कर्ण र महासचिव दिलिप पौडल , सचिव अजित तिवारी तथा मधेस प्रदेशका आठ वटै जिल्लाका पत्रकारको सहभागिता रहेको थियो ।

भेलाको मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले उद्घाटन गरेका थिए । भेलामा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह ,लालबन्दी नगरपालिका नगरप्रमुख(मेयर) वासुदेव अधिकारी लगायताको सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस्