गुप्ताङ्गमा लागूऔषध लुकाएर ल्याउने किशोरी पक्राउ

0
Shares

धनगढी ।

गुप्ताङ्गमा लुकाएर लागूऔषध खैरो हिरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ।

शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागूऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीकी २० वर्षीया अनुस्का सिंह ठकुरीलाई पक्राउ गरेको हो।

त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले ठकुरीले लुकाएको लागूऔषध निकालेको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।