उद्यम विकास, सामुदायिक, बनेपा बचत र काँठु गणेशका अलग अलग सभा

उद्यम विकास र काँठु गणेशमा नयाँ समिति निर्वाचित

0
Shares

काभ्रे। 

एकीकरण पछि जिल्लाको सबै भन्दा ठुलो सहकारी बन्ने अभियान बोकेको पनौतीको सामुदायिक साकोसले २९ औँ  वार्षिक साधारण सभा सम्पन्न गरेको छ भने पनौतीकै उद्यम विकास बचत तथा ऋण सहकारीले १६ औं  सभा सम्पन्न गरेको छ । त्यस्तै बनेपामा रहेको बनेपा बचत तथा ऋण सहकारी संस्थाको २४ औं  वार्षिक साधारण सभा सम्पन्न भएको छ । बनेपामै रहेको काँठु गणेश बचत तथा ऋण सहकारीले २० औं  सभा आयोजना गरेको छ ।

पनौतीमा रहेको सामुदायिक साकोसको सभा नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा केन्द्रिय कार्यालयमा आयोजना गरियो भने सेवा केन्द्रहरुमा सम्वन्धित पालिकाका प्रमुख तथा प्रतिनिधिहरुको प्रमुख आतिथ्यतामा सम्पन्न भएका छन् । पनौतीमा आयोजित सभामा अध्यक्ष प्रकाश बञ्जाराको अध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका सहकारीका अभियान्ताहरु तथा संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए । एकीकरण पछिका सुशासन तथा सदस्यमुखी कार्यक्रमलाई जोड दिन सहभागीहरूले अनुरोध गरे ।

सभामा सचिव मुकुन्द शर्माले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सरोजकुमार तिमल्सिनाले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन धुर्वप्रसाद सेढाईले प्रस्तुत गरेका थिए । ६६ हजार भन्दा धेरै सदस्य र ६ अर्ब भन्दा धेरै पुँजी निर्माण गरी सामुदायिक साकोस पहिलो संस्था बन्ने गरी ज्योति बहुउदेश्यीय सहकारीसँग एकीकरण गरेको छ । विन्धबासिनी सहकारीमा पनि ६२ हजार सदस्य र पौने ५ अर्ब पुँजी परिचालन भएको छ ।

त्यस्तै पनौतीमा रहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ सभा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यता तथा अध्यक्ष रोशनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । संस्थाको साधारण सभामा सहभागि बक्ताहरुले संस्थाले नाम अनुसारको काम गरेको भन्दै शुभकामना व्यक्त गरेका थिए । सदस्यहरुलाई उद्यम तर्फ केन्द्रित गरी आयआर्जनमा जोड दिएको सहभागीहरूले बताए ।

सभामा उपाध्यक्ष सनिल सुन्दर सैंजु, सचिव ऋषिराम सापकोटा र कोषाध्यक्ष विमल कार्कीले संस्थाका गतिविधिका बारेमा जानकारी गराएका थिए  । लेखा सुपरिवेक्षण समितिका संयोजक सहकुल बस्नेतले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

४४ सय ८८ जना शेयर सदस्य रहेको उक्त सहकारीमा ४ करोड ६० लाख १३ हजार ९ सय शेयर पुँजी रहेको छ भने ४७ करोड १९ लाख ३६ हजार ८ सय १० निक्षेप जम्मा भएको छ । त्यस्तै ४३ करोड ६ लाख ६५ हजार रुपैयाँ ऋण लगानी भएको छ ।

अधिबेशनले सनिल सुन्दर सैंजुको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष सविता थापा, सचिव विमल कार्की, कोषाध्यक्ष शिवनारायण घुलु रहेका छन् । त्यस्तै सदस्यहरुमा सहकुल बस्नेत, विन्दा विक, रञ्जना थापा खड्का, प्रविन कर्माचार्य, द्धारिकानाथ राजभण्डारी, सुमित्रा श्रेष्ठ, रामकृष्ण काफ्ले, इश्वर विजुक्छे रहेका छन् । निर्वाचन समितिमा महेश्वर जंगमको संयोजकत्वमा सुर्यबहादुर गोले र कल्पना विक सदस्य रहेका थिए ।

 

बनेपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं  वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष अमन पोटेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागतमी प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यता रहेको थियो । सभामा सचिव जितेन्द्र नकर्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुविन मानन्धरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन जगदिप पलाञ्चोकेले प्रस्तुत गरेका थिए ।

 सहकारीले सिद्धान्त र नियम अनुसार कारोवार गर्दा संकट नरहने बताउँदै अध्यक्ष अमन पोटेले सहकारीहरुमा देखिएका संकटहरु नियम बाहिर रहेका सहकारीहरुलाई कठिन रहेको बताए । सभामा बागमति प्रदेश सभा सदस्य कन्चनचन्द्र बादेले सहकारी मार्फत आर्थिक समृद्ध हासिल गर्नु पर्ने बताए । २२ सय ६० सदस्य रहेको उक्त सहकारीमा २० करोड १४ लाख २९ हजार ५ सय ७६ बचत रहेको छ भने शेयर पुँजी ३ करोड ७८ लाख ६१ हजार ५ सय ४६ रुपैयाँ रहेको छ ।

 कार्यक्रममा सल्लाहकारहरु राजु सरकार र राजन भालु, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्थाका संचालक सदस्य ज्ञानु दाहाल, काभ्रेपलाञ्चोक जिल्ला बहुउदेश्यीय सहकारीका अध्यक्ष विद्यान जोशी, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, सहकारी बैकका प्रवन्धक उपेन्द्र दाहाल लगायतले सहकारी अभियानमा बनेपा बचतको भूमिकाका बारेमा मन्तब्य राखेका थिए ।

बनेपामा रहेको काँठु गणेश बचत तथा ऋण सहकारी संस्थाको २० औं  वार्षिक साधारण सभा संस्थाका अध्यक्ष त्रिरत्न राजबाहकको अध्यक्षता तथा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सभामा संस्थाका बरिष्ठ सल्लाहकार योगेन्द्रनाथ कर्माचार्य, वडा अध्यक्ष हिटलर शाक्य, जिलल सहकारी संघकी संचालक मञ्जु घिमिरे, काभ्रेपलाञ्चोक जिल्ला बचतका उपाध्यक्ष सागरनाथ कपाली, नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापति रघुनाथ हुमागाई, सल्लाहकार महेन्द्र कारञ्जित लगायतले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका उपाध्यक्ष इन्द्रलाल मानन्धर, सचिव यशुराम राजबाहक, कोषाध्यक्ष निर्मल मुस्याजु, लेखा संयोजक दिपेन्द्र श्रेष्ठले संस्थाको प्रतिवेदनहरु प्रस्तुत गरेका थिए।  शेयर पुँजी १ करोड ७५ लाख २७ हजार ६ सय रहेको ब्यवस्थापक सुजन मानन्धरले जानकारी दिए ।

 अधिबेशनको बन्द सत्रले हरिगोपाल मानन्धरको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । समितिको उपाध्यक्ष इन्द्रलाल मानन्धर, सचिव दिपेन्द्र श्रेष्ठ र कोषाध्यक्ष निर्मल मुस्याजु रहेका छन् । त्यस्तै सदस्यहरुमा न्हुच्छेलाल मानन्धर, ओमप्रकाश नकर्मी, यशुराम राजबाहक, रविन्द्रप्रसाद मानन्धर, दिपिका कारञ्जित रहेका छन् । लेखा सुपरिवेक्षण समितिमा संयोजक राममाया मानन्धर र सदस्यहरुमा श्यामकृष्ण राजबाहक, समिर भैल रहेका छन् ।